गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ पोखरामा पुन: प्रदर्शन हुने
पाेखरा | चैत १८, २०८२
पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा रहेको गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ चैत २५ गते मिडटाउन फिल्म हलमा पुन: प्रदर्शन हुन लागेको हो ।
सोम गुरुङको निर्देशनमा तयार भएको चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ पोखरामा चैत १ गते भिआइपी (प्रिमियर) शो ६ र ७ गते श्रीकृष्ण चलचित्र हलमा प्रदर्शन गरिएको चलचित्रका निर्माता तथा नायक लामा अमृत गुरुङले जानकारी दिए ।
‘घान्द्रुकको पर्यटकीय क्षेत्रमा निर्माण गरिएको चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ पोखरामा चैत १ गते भिआइपी शोसहित ३ वटा शो प्रदर्शन भइसकेको छ’, निर्माता गुरुङले भने, ‘पोखरापछि विदेशमा समेत चलचित्र प्रदर्शन गर्ने तयारीमा निर्माण टिम रहेका छौं, चलचित्र प्रदर्शनका लागि दर्शकहरुबाट माग आएपछि हामीले चैत २५ गते मिडटाउन फिल्म हलमा पुनः प्रदर्शन गर्न लागेका हौं ।’
चलचित्रमा निर्माता तथा नायक अमृत गुरुङ, लक्ष्मी गुरुङ, सुरज तमु र प्रिति गुरुङले प्रमुख भूमिका निर्वाह गरेका छन् ।
चलचित्रका निर्माता एवम् नायक लामा अमृत गुरुङले चलचित्रको माध्यमबाट घान्द्रुकको पर्यटन प्रवद्र्धन गर्न ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा चलचित्र, म्युजिक भिडियो, डकुमेट्री तयार गरिरहेको बताए ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

